प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् ।
एक मन्त्रीले भने, ‘समय तय भएको छैन । तर, प्रधानमन्त्रीले मंगलबार देशवासीलाई सम्बोधन गर्नुहुन्छ ।’
पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिँदै थियो । तर, मन्त्रिपरिषद्को बैठकले त्यसलाई लम्ब्याएर ३ बैशाखसम्म पुर्याउिने निर्णय गरिसकेको छ ।


