पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैं सादगीपूर्वक मनाउने भएका छन् । उनले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ ।
संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको बाढी र असोजमा परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको तथा हजारौं मानिस विस्थापित भएको अवस्थालाई ध्यानमा राख्दै पूर्वराजा शाहले यस वर्षको दसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका हुन् ।
यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको सचिवालयले जानकारी दिएको छ ।



