सरकार र लघुवित्त ऋणीबीच सहमति, साझा बसमा चढेर घर फर्किए लघुवित्त ऋणी
ललितपुरको पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन् ।
नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो । सहमतिपश्चात् आज बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ ।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ(आफ्नो क्षेत्रतर्फ पठाइएको छ।




