हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।
छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने?’ भनी प्रश्न गरेपछि उहाँले सरकारको धारणा स्पष्ट पार्नुभएको हो। “नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उहाँले भन्नुभयो।
यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उहाँको भनाइ छ।


