नेदरल्याण्ड्स समूह विजेता बन्दै नकआउटमा
काठमाडौँ । नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । आज बिहान भएको समूह एफको अन्तिम चरणको खेलमा ट्युनिसियालाई ३–१ ले पराजित गर्दै नेदरल्याण्ड्स अन्तिम ३२ मा पुगेको हो ।
नेदरल्याण्ड्सका लागि ब्राइन ब्रोब्बे र जान पल भान हेक्केले गोल गोल गरे । पहिलो गोल भने ट्युनिसियाको आत्मघाती गोलबाट उपहार पाएको थियो । ट्युनिसियाका लागि हाजेम मास्तोउरीले एक गोल फर्काए ।
जितसँगै समूहमा ७ अंकसहित समूह विजेता बन्दै नेदरल्याण्ड्स अन्तिम ३२ मा पुग्दा अंकविहीन ट्युनिसिया बाहिरिएको छ ।
समूह एफबाट उपविजेता बन्दै जापान तथा तेस्रो हुँदै स्वीडेन पनि अन्तिम ३२ मा पुगेको छ ।


