टर्किस एयरको जहाज ल्याण्ड गर्ने क्रममा आगलागी, सबै सुरक्षित
काठमाडौँ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टर्किस एयरलाइन्सको टीके७२६ कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो।
विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। सो विमानमा रहेका चार बच्चासहित २७७ यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो। विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ। विमानमा केही शव र सामानहरु पनि रहेको बताइएको छ।


