सुनचाँदीको मूल्य घट्ने क्रम जारी
काठमाडौं । बैशाख १६ गते बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर रुपमा घटेको छ ।
यस दिन चाँदी प्रतितोला चार हजार ९१५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भएको थियो।



