झापा–५ मा १७ हजार मत गन्न बाँकी, ४० हजार मतले पछि परे ओली
झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजा ४४१ मत गणना भइसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन्। यस आधारमा अहिलेसम्म ओली ४० हजार ५२५ मतले बालेनभन्दा पछि परेका छन् ।
हाल झापा–५ मा करिब १७ हजार ९३१ मत गन्न बाँकी रहेका छन्। मतगणना अन्तिम चरणमा पुगेसँगै बालेनको जित निश्चित भइसकेको छ ।




