बागलुङ–१ र २ मा रास्वपाका उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।
बागलुङ–१ मा रास्वपाका उम्मेदवार सुशील खड्काले २० हजार ९२७ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत प्राप्त गरेका छन्।
त्यस्तै बागलुङ–२ मा रास्वपाका उम्मेदवार सोम शर्माले १२ हजार ६४७ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेका छन्।




