कर्मचारी कुरेको कुर्यै, दोलखाकाे वेदिङमा मतदान गर्न काेही आएनन्
काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका मतदाता दिउँसो साढे ३ बजेसम्म पनि भोट खसाल्न गएका छैनन् । उक्त स्थान जिल्लाकै दुर्गम मानिन्छ ।
वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी हालसम्म मतदाता कुरेर बसेका छन् ।
११३ जना मतदाता रहेको सो केन्द्रमा मतदान अधिकृतसहित पाँचजना कर्मचारी र १३ जना सुरक्षाकर्मी खटिएका छन् ।




