स्मार्ट बटन र वास एलससहित सेन्सेइको नयाँ वासिङ मेशिन बजारमा
काठमाडौँ । आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमताको सशक्त संयोजन प्रस्तुत गर्दै सेन्सेइ ब्रान्डले आफ्नो नयाँ फ्रण्ट दोड जासिङ मेशिन नेपाली बजारमा ल्याएको छ । १० केजी क्षमताको उक्त मेसिनलाई नेपालका लागि सेन्सेइको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा ल्याएको हो ।
सिजी ग्रुप अन्तरगतको सेन्सेइ ब्रान्ड नेपालमा वासिङ मेशिन, रेफ्रिजिरेटर, टेलिभिजन तथा अन्य होम अप्लायन्सका का लागि तीव्र रूपमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। गुणस्तर, टिकाउपन र प्रयोगकर्ता–केन्द्रित प्रविधिका कारण सेन्सेइका उत्पादनहरूले नेपाली उपभोक्ताको विश्वास जित्दै आएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँ सेन्सेइ फ्रण्ट दोड वासिङ मेसिनमा जडान भएको बीएलडिसी इनभरटर मोटरले कम बिजुली खपत, न्यून आवाज र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ । १० केजी क्षमताको यो मेसिन मध्यमदेखि ठूलो परिवारका लागि उपयुक्त रहेको कम्पनीको भनाई छ ।
यसमा स्टिम वास, क्वीक १५ मिनेट, स्टेन ट्रिटमेण्ट, इको ४० टू ६०, अटो ड्रम क्लिन, १४०० आरपिएम स्पीन स्पीड, १६ अलग अलग वास प्रोग्राम, एलइडी डिस्प्ले, चाइल्ड लक तथा डिले फङ्सन जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन् । साथै, बीएलसिडी मोटरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।
मेसिनलाई बजारमा अझै विशिष्ट बनाउने मुख्य विशेषतामा यसको स्मार्ट बटन फङ्सन र वास प्लस फङ्सन यो मोडेलका लागि पूर्ण रूपमा युनिक फिचर का रूपमा प्रस्तुत गरिएको बताइएको छ।
‘स्मार्ट बटन फङ्सनले प्रयोगकर्ताको धुलाई बानीलाई बुझेर आवश्यक सेटिङ स्वतः अनुकूल बनाउँछ, जसले धुलाई प्रक्रिया अझ सहज र स्मार्ट बनाउँछ। त्यस्तै, वास प्लस फङ्सनले कपडाको अवस्था अनुसार थप धुलाई समय वा प्रभावकारी सफाइ सुनिश्चित गर्दै कठिन दाग र गहिरो फोहोर हटाउन सहयोग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आधुनिक नेपाली घरपरिवारको व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो मेसिनले समयको बचत, ऊर्जा दक्षता र कपडाको उत्कृष्ट हेरचाह गर्ने जनाइएको छ ।
ग्राहकको खरिद अनुभवलाई सहज बनाउन सिजी इलेक्ट्रोनिक्सले सेन्सेइ ब्रान्डका उत्पादनहरूमा शुन्य प्रतिशत किस्ताबन्दी सुविधा, नागरिकताको आधारमा किस्ताबन्दी, साथै एक्स्चेञ्ज सुविधा समेत उपलब्ध गराएको जनाएको छ। यसले उपभोक्तालाई ठूलो आर्थिक बोझ बिना नै अत्याधुनिक होम अप्लायन्स आफ्नै घरमा भित्र्याउने अवसर प्रदान गर्दछ ।
सेन्सेइ ब्रान्डका वासिङ मेशिन, रेफ्रिजिरेटर, टेलिभिजन तथा अन्य होम अप्लायन्सहरु नेपालभर छरिएका सिजि इलेक्ट्रोनिक्सका आधिकारिक शोरूम तथा अधिकृत विक्रेतामार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।



