कोटेश्वरकाे भाटभटेनी पाँच महिनापछि शनिबार खुल्दै
काठमाडौँ । क्षति भएकाे पाँच महिनापछि शनिबार कोटेश्वरकाे भाटभटेनी खुल्दै छ । भदौ २४ गते आगजनी भएकाे कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्ने भएको हाे ।
भाटभटेनीले एक विज्ञप्तिमार्फत् भनेको छ– “आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याउको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।”
भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, सहयोग र धैर्यताका लागि सबै ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
“यो पुनःसञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्टरुपमा प्रतिबिम्बित गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
देशभर भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति भएको थिए ।



