सुपरमाई हाइड्रोपावरको बोनस घोषणा, बोनस वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड (SMH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। सो बैठकले बोनस शेयरको कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण तथा हकप्रद शेयर निष्काशन गर्नेछ।



