सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । पुस ७ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको दुवैको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला तीन हजार ७०० रुपैयाँ र चाँदी तोलामा १३० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । याे नै हालसम्मको उच्च मूल्य हो । गत पुस १ गते कायम सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँको रेकर्ड ब्रेक गर्दै आज नयाँ उचाई बनाएको हो । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबारको बजारमा चाँदीको मूल्य पनि तोलामा १३० रुपैयाँले बढेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको सो मूल्य पनि हालसम्मकै उच्च हो । आइबारको बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

