शिवम् सिमेन्ट्सको साढे १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज मंसिर २५ गते सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सामान्य र विशेष तर्फका सबै प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको हो ।
बैठकले आव २०८१/८२ का लागि हाल कायम चुक्तापुँजीको २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
यस्तै साधारण सभाको निर्णयबमोजिम बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी पुँजी र चुक्तापुँजीमा वृद्धि भई जारी तथा चुक्तापुँजी ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।


