सर्वाेत्तम सिमेन्टद्वारा २० प्रतिशत लाभांश घोषणा
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैठकले कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो। कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ।


