हिमालयन रिइन्स्योरेन्सको मुनाफा साढे २४ करोड
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।०८३ को प्रथम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा सहित अधिकांश सूचकमा लोभलाग्दो प्रगति देखिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८.५८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको नाफा २२ करोड ६३ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ९.३६ प्रतिशतले बढेर १ अर्ब १ करोड १० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा खुद बीमाशुल्क आर्जन ९२ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्मको अवधिमा कम्पनीको चुक्तापूँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ भने महाविपत्ती कोष समेत ८.३४ प्रतिशतले बढेर २१ रोड ४५ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
यता, कम्पनीको जगेडा कोषमा९७ करोड २९ लाख रुपैयाँ सञ्चिति रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ११.५२ प्रतिशतले बढी हो ।
कम्पनीको कुल आम्दानी १ अर्ब २४ करोड ७२ लाख रुपैयाँ रहेको छ भने कुल खर्च ९१ करोड ३ लाख रुपैयाँ रहेको छ ।
यता, प्रतिशेयर आम्दानी ८.७१ रुपैयाँबाट बढेर ९.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको छ ।

