युवा गैसस महासँघ बाँकेको अध्यक्षमा कार्की चयन
 
                                                                    
                                                                नेपालगञ्ज । युवा गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको अध्यक्षमा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्की चयन भएका छन् ।
युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष नारायण गिरीको प्रमुख आतिथ्यतामा आज नेपालगन्जमा सम्पन्न जिल्ला भेलाले कार्कीको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश डा. शिल्पिना बुढामगर, गणेश भट्टराई र मोहनलाल सोनकर चयन भएका छन् । भने सदस्यहरुमा क्रमशः शोभा थापा मगर, ऋतिक शाही, बिनिता चिडिमार, वंग बहादुर घर्ती क्षेत्री र अमरेश सिंह चयन भएका छन् ।
युवा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्व अध्यक्ष अर्जुन कार्कीले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले स्वागत तथा बाँकेमा युवासंस्थाहरुको अवस्थाको बारेमा बोलेका थिए । यसैगरी गैसस महासंघ बाँकेका उपाध्यक्ष मन भण्डारीले युवा गैर सरकारी संस्थाले गर्ने कार्यमा गैरसरकारी संस्था महासँघ बाँकेको पूर्ण सहयोग र सहकार्य रहने बताएका थिए ।
जिल्ला भेलाले युवा गैर सरकारी संस्था महासँघ बाँकेका पूर्ब अध्यक्ष अर्जुन कार्की, पुर्ब उपाध्यक्ष रेशम परियार र पुर्ब सहसचिव किरण गिरीलाई सल्लाहकारमा चयन गरेको छ । युवाको क्षेत्रमा काम गर्ने सस्थाहरुको छाता संगठनको रुपमा २०६५ सालमा स्थापना भई कार्यरत महासंघ युवा सरोकारका बिषयहरुमा देशभर आवाज उठाउदै आएको छ ।

 
                                                                     
                                                                    