टेलिकमको संविधान दिवस अफर चार असोजसम्म

काठमाडौं । नेपाल टेलिकमले नेपालको संविधान २०७२ घोषणाको एक दशक अवसरमा ग्राहक लक्षित ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको छ । २०८२ असोज २ देखि असोज ४ सम्म लागू हुने कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरले बताए ।
अफरअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक ‘एमबीपीएस अनलिमिटेड डाटा’ र टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने एक सय मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।
यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत १११ मा पाँच दिनसम्म चलाउन सकिने ६ जिबी, एक सय ९९ मा सात दिनसम्म चलाउन सकिने १३ जिबी, दुई सय ९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी र तीन सय ९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।
टेलिकमले अफरअन्तर्गत ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने बताएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध हुनेछ ।