बृज सिमेन्टले पशुपति पुगेका श्रद्धालुहरुलाई स्वास्थ्य शिविरका साथै फलफुल बाँड्यो |
काठमाडौं । बृज सिमेन्टले साउनको अन्तिम सोमबार पशुपतिनाथ पुगेका भक्तजनहरुलाई स्वास्थ्य शिविर संचालन गरेको छ ।
कम्पनीले सुन्दरीजलदेखि पशुपतिनाथसम्म बिभिन्न ८ स्थानमा निशुल्क खानेपानी बितरण, स्वास्थ्य शिविर संचालन तथा फलफूल र जुस बितरण गरेको बिज्ञप्तीमार्फत जनाएको छ ।
लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, नेपाल भारत मैत्री अस्पतल तथा ब्रिज सिमेन्टको आयोजनामा गरिएको स्वास्थ्य शिवरिमा १ सय ५० जना संवयंमस्वक खटिएका थिए ।
पशुपतिमा संंचालन भएको स्वास्थ्य शिवरिमा आँखा, दाँत र सामान्य जाँच गरिएको थियो। स्वास्थ्य शिविरमा करिब २ हजार भक्तजनहरुले परीक्षण गरेको बताइएको छ ।
बृज सिमेन्टले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सेवामूलक कामहरु गर्दै आएको जनाएको छ ।



