एनएमबि बैंक र याडिया स्कुटरबीच विशेष सहकार्य, ग्राहकका लागि चाडपर्वमा रु ५ हजार छुट

चाडपर्वको अवसरलाई लक्षित गर्दै एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ छुट योजना सार्वजनिक गरेको छ। यस अन्तर्गत बैंकले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको हो।
सम्झौता अनुसार, अब एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु ५ हजारको छुट प्राप्त गर्नेछन्। यसका लागि ग्राहकहरूले एनएमबि बैंकको डेबिट वा क्रेडिट कार्ड, मोबाइल बैंकिङ वा QR भुक्तानी सेवा प्रयोग गर्नुपर्नेछ।
यो छुट कुजु नेपालद्वारा सञ्चालित देशभरका याडिया शो–रुमहरूमा उपलब्ध हुनेछ र चाडपर्वको अवधिभर मात्र लागू हुनेछ। छुट सुविधा लिन, ग्राहकले भुक्तानी गर्नु अघि शो–रुमलाई जानकारी गराउनु पर्नेछ र अनिवार्य रूपमा बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ।
एनएमबि बैंकले यस सहकार्यलाई ग्राहकलाई प्रत्यक्ष लाभ दिने पहलका रूपमा लिएको छ। साथै, वातावरणमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने, हरित ऊर्जा र दिगो यातायात प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकका अनुसार, डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्दै नगदरहित कारोबारको संस्कार विकास गर्न यस्ता योजनाहरू निरन्तर ल्याइनेछन्। यसले ग्राहकहरूलाई छिटो, सुरक्षित र सहज बैंकिङ सेवामा पहुँच बढाउनेछ।
हाल, एनएमबि बैंकले २०२ शाखा, १८७ एटीएम र ९ विस्तारित काउन्टरमार्फत देशभर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले आफ्नो सेवा दायरा थप विस्तार गर्दै नवीनतम डिजिटल प्रविधिलाई आत्मसात गर्ने रणनीति अघि सारेको छ।
यस सहकार्यबाट बैंकका ग्राहकलाई प्रत्यक्ष आर्थिक लाभका साथै नेपालको इ–मोबिलिटी बजारको विकास र पर्यावरणमैत्री यातायातको प्रोत्साहनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।