बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट बिहीबार बिहान सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ ।
कम्पनीले निष्काशन गरेको १७ लाख १ हजार ५०० कित्ता साधारण सेयरमा २१ लाखभन्दा बढी आवेदकबाट आवेदन परेकोमा, गोला प्रथा मार्फत १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
आवेदकहरूले नतिजा हिमालयन क्यापिटलको वेबसाइट, सीडीएससीको आईपीओ रिजल्ट पोर्टल वा मेरो सेयर एकाउन्टमार्फत हेर्न सक्नेछन् ।
