एभरेष्ट बैंकले गर्याे लाभांश घाेषणा, कति नगद र कति बाेनस ?

काठमाडौँ । एभरेष्ट बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट २० प्रतिशतको बम्पर लाभांश दिने भएको हो ।
प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर दिनेछ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हाे । लाभांश घाेषणा गर्ने एभरेष्ट दाेस्राे वाणिज्य बैंक हाे।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।