शी लिड्स आइकनको दोस्रो संस्करण यहि पुस १८ गतेदेखि २२ सम्म काठमाडौंमा हुने

काठमाडौं । शी लिड्स आइकनको दोस्रो संस्करण यहि पुस १८ गतेदेखि २२ सम्म काठमाडौंमा भव्यताका साथ सम्पन्न हुने भएको छ। राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशिलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ बर्ष देखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव आयोजना गर्न लागको हो ।
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरु (प्रमुख र उपप्रमुख) सुकर्मलाई संचार गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम हो। २०८१ साल पौष १९ गते काठमाडौँमा शी लिड आईकन पहिलो संस्करण सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न भएको थियो ।
दोस्रो संस्करणमा १३१ वटा आवेदन प्राप्त भएकोमा प्रकिया पूरा भएका १११ आवेदन रहेका थिए । त्यसमा प्रदेशबाट २० (प्रमुख र अध्यक्ष २, उपप्रमुख र उपाध्यक्ष १८), मधेश प्रदेशबाट १२ (प्रमुख र अध्यक्ष ३, उपप्रमुख र उपाध्यक्ष ९), बागमती प्रदेशबाट १७ (प्रमुख र अध्यक्ष २, उपप्रमुख र उपाध्यक्ष १५), गण्डकी प्रदेशबाट १६ (प्रमुख र अध्यक्ष १, उपप्रमुख र उपाध्यक्ष १५), लुम्बिनी प्रदेशबाट १६ (उपप्रमुख र उपाध्यक्ष १६), कर्णाली प्रदेशबाट १२ (प्रमुख र अध्यक्ष १, उपप्रमुख र उपाध्यक्ष ११) र सुदूरपश्चिम प्रदेशबाट १६ (प्रमुख र अध्यक्ष १, उपप्रमुख र उपाध्यक्ष १५) आवेदन प्राप्त भएका छन्। यसमध्ये प्रमुख र अध्यक्षको कुल संख्या १० र उपप्रमुख र उपाध्यक्षको कुल संख्या १०१ रहेको छ।
१३१ जना महिला जनप्रतिनिधिको आवेदनबाट निर्णायक मण्डलमा रहेका अष्टलक्ष्मी शाक्य (वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्य मन्त्रि), श्री चारु चडड़ा (सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ) र सरु जोशी (लैंगिकता र समानता विशेषज्ञ) टोलीले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५ , बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरु छनोट गरेको छ । जस्मा ७ जना प्रमुख पद र २४ जना उपप्रमुख रहेका छन् ।
छनोट भएका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिलाई जनमतलाई प्रस्तुत गरिनेछ भने भाद्र १६ गते एक दिने नेतृत्व तथा अभिमुखीकरण कार्यक्रम आयोजना र १७ गते संचारकर्मी तथा पत्रकारसंग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ।उहाँहरुको सुकर्मलाई संचार गर्न कथा, फिचर आर्टिकल, अन्तर्वार्ता तथा अन्य विधि प्रयोग गरिनेछ।
छनोट हुनु भएका ३१ प्रेरणादायी महिला जनप्रतिनिधीहरु :
१ जमुना कुमारी बोहरा सुदूरपश्चिम डोटी जोरायल गाउँपालिका उपाध्यक्ष
२ सुशिला शाही सुदूरपश्चिम कैलाली लम्कीचुहा नगरपालिका प्रमुख
३ ज्ञानु कुमारी सेटी देउबा सुदूरपश्चिम डडेल्धुरा गन्यापुधरा गाउँपालिका उपाध्यक्ष
४ डोल्मा तामाङ्ग सुदूरपश्चिम बझाङ्ग साइपाल गाउँपालिका उपाध्यक्ष
५ लक्ष्मी धामी (रोकाया) सुदूरपश्चिम डोटी आदर्श गाउँपालिका उपाध्यक्ष
६ विना कुमारी भट्टराई लुम्बिनी बर्दिया ठाकुरबाबा नगरपालिका उपप्रमुख
७ हुमा कुमारी डि.सी. लुम्बिनी दाङ घोराही उप-महानगरपालिका उपप्रमुख
८ निरमाया तरामु लुम्बिनी गुल्मी सत्यवती गाउँपालिका उपाध्यक्ष
९ मिना थापा लुम्बिनी रोल्पा सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष
१० विद्या देवी भुजेल मधेश धनुषा धनुषाधाम नगरपालिका उपप्रमुख
११ कल्पना कुमारी कटुवाल मधेश सर्लाही बरहथवा नगरपालिका प्रमुख
१२ गिता चौधरी मधेश सप्तरी सुरुङ्गा नगरपालिका प्रमुख
१३ गोकुली कुमारी रेग्मी मधेश पर्सा ठोरी गाउँपालिका उपाध्यक्ष
१४ रीना कुमारी साह मधेश रौतहट मौलापुर नगरपालिका प्रमुख
१५ सिता माया गुरुगं बागमती धादिङनेत्रावती डबजोङ गाँउपालिका उपाध्यक्ष
१६ गायत्री आचार्य बागमती दोलखा मेलुङ गाउँपालिका उपाध्यक्ष
१७ मिठुदेवी लामा बागमती सिन्धुपाल्चोक लिसंखुपाखर गाँउ पालिका उपाध्यक्ष
१८ मीना कुमारी लामा बागमती मकवानपुर हेटौंडा उप-महानगरपालिका प्रमुख
१९ माया सिलवाल बागमती चितवन इच्छाकामना गाउँपालिका उपाध्यक्ष
२० हिरादेवी शर्मा गण्डकी पर्वत मोदी गाँउपालिका अध्यक्ष
२१ भागवती रेग्मी अर्याल गण्डकी स्याङ्जा भिरकोट नगरपालिका उपप्रमुख
२२ पद्मा गुरुङ गण्डकी लमजुङ बेसीशहर नगरपालिका उपप्रमुख
२३ चन्द्रकला अधिकारी गण्डकी कास्की अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष
२४ प्रमिला राई कोशी भोजपुर षडानन्द नगरपालिका उपप्रमुख
२५ बिपना कुलुंग कोशी सोलुखुम्बु महाकुलुङ गाउँपालिका उपाध्यक्ष
२६ विष्णु कुमारी लिम्बु कोशी इलाम इलाम नगरपालिका उपप्रमुख
२७ सबिता राई कोशी सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्ष
२८ देविका कुमारी सिंह कर्णाली जाजरकोट कुशे गाउँपालिका, उपप्रमुख
२९ मोहनमाया ढकाल भण्डारी कर्णाली सुर्खेत वीरेन्द्रनगर नगरपालिका प्रमुख
३० धर्मकला शाही कर्णाली कालिकोट शुभकालिका गाउँपालिका उपाध्यक्ष
३१ सिता जैसी कर्णाली जाजरकोट भेरी नगरपालिका उपप्रमुख