नेपाल बैंक र कोटबारी होटेल प्रालि बिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटेल प्रा.लि.ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकलाई कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा मिति २०८२ साल भदौ ११ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र कोटबारी होटेल प्रा.लि.को तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरे ।