रिलायन्स लाइफको २४ सै घण्टा खुला रहने सम्पर्क केन्द्र संचालनमा |
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले २४ सै घण्टा बीमाको जनचेतना अभिबृद्धिको लागि सम्पर्क केन्द्र संचालनमा ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागार्ईले सम्पर्क केन्द्रको उद्घाटन गरे ।
केन्द्रबाट आम नागरिकले जीवन बीमाको सम्पूर्ण जानकारी पाउन सक्छन्। कम्पनी तथा कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक रिलायन्स साथी ‘अभिकर्ता’ले सल्लाह, सुझाव र गुनासोका लागि कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेवसाइट, इमेल वा मोबाइल एप मार्फत जानकारी लिन तथा दिन पाउने छन् ।
नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक प्रदान गरिएको यो सेवाले समस्त बीमा क्षेत्रको सेवा र गुणस्तर बृद्धिमा योगदान प्रदान गर्ने कम्पनीले जनाएको छ । जीवन बीमा व्यवसायको लागि अभिकर्ता नै पहिलो माध्यम हुन् । कम्पनीले समाजिक सञ्जाल मार्फत अभिकर्ताको सुविधा दिन मिल्ने गरि यस्तो सुविधा ल्याएको हो । सम्पर्क केन्द्रबाट ग्राहकले बीमा पोलिसीको वारेमा बुझ्न पाउने छन् ।




