आईएमई पे र आईसीएफसीबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौंता |
काठमाडौं । आईएमई पे र आईसिएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आईसिएफसी आईएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ ।
आईसिएफसीका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आईएमई डिजिटलमा रकमान्तर गर्न र आईएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । सम्झौंतापत्रमा आईएमई पेका संचालक खिलेन्द्र पौडेल र आईसीएफसीका सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले हस्ताक्षर गरे ।



