वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २५ करोड, नबिल बैंक पहिलो नम्बरमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा ४१ अर्बमाथि नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
बैंकहरुले गरेको नाफा गत आर्थिक वर्षको तुलनामा १.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकको नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड नाफा कमाएको थियो ।
दोस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ, तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड र चौथो नम्बरमा रहेको एभरेष्ट बैंकको ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोठ ७६ लाख रुपैयाँ पुगेको छ ।
सर्वाधिक नाफा कमाउने नेपाल बैंक धेरै नाफा रहेको बैंकमा समेत पाँचौ नम्बरमा रहेको छ । यसअवधिमा बैंकको नाफा २०३२ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमाससम्मको अवधिमा एनएमबि बैंकको ५.८८ प्रतिशतले नाफा वृद्धि भई २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
प्राइम बैंकको नाफा भने ओरालो लागेको छ । बैंकको नाफा २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड रुपैयाा आइपुगेको हो । साथै स्टान्डर्ड चार्टड बैंकको ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड रुपैयाँ नाफा पुगेको छ ।
समिक्षा अवधिमा प्रभु बैंकको ३.५१ प्रतिशतले नाफा बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।
यता, कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड, सिद्धार्थ बैंकको०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड, सानिमा बैंकको १४.८० प्रतिशतले बढेर १ अर्ब ६५ करोड, लक्ष्मी सनराइज बैंकको २.२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड र राष्ट्रिय वाणिज्य बैंकको ४९.२९ प्रतिशतले घटेर १ अर्ब २० करोड पुगेको छ ।
साथै, नेपाल एसबिआई बैंकको १ अर्ब २० करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १० करोड, सिटिजन्स बैंकको ९६ करोड १८ लाख, हिमालयन बैंकको ५० करोड, कुमारी बैंकको २८ करोड र एनआईसी एशिया बैंकको १५ करोड रुपैयाँ नाफा रहेको छ ।