त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा मेगा बैंकको एटीएम |
काठमाडौं । मेगा बैंकले त्रिभुवन बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ ।
बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा सहज बनाउन बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको बैंकले जानकारी दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा बिस्तार भएपछि मेगा बैंकको एटीएम संख्या ९९ पुगेको छ ।
सन् २०२० को नेपाल भ्रमण बर्षलाई पनि ध्यानमा राखेर बिमान स्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको भनाइ छ ।
देशभर १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।
Visited 4 times, 1 visit(s) today


