एसियन लाइफ इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता |
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच जीवन बीमा सेवासम्बन्धी सम्झौतापत्र भएको छ ।
उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै एक्सेल डेभलपमेन्ट बैंकको ३० वटा शाखाबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएका जीवन बीमा योजना खरिद गर्न सकिनेछ ।
Visited 1 times, 1 visit(s) today


