अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा श्रृंखला खतिवडा |
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक विक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै खतिवडालाई उदय गाडीको साँचो हस्तान्तरण गरे । उदय गाडी वातावरण मैत्री विद्युतीय गाडी हो ।

अग्नि इन्कर्पोरेटेडले विगत तिन वर्षदेखि महिन्द्रा बोलेरो पिक–अप खरीद गरी उद्यम सञ्चालन गर्दै आएका २५ जना बोलेरो पिक–अप ग्राहकहरूका एसईई दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरूलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार रकम तथा प्रशंसा पत्र कार्यकारी निर्देशक शर्मा र खतिवडाले संयुक्त रूपमा प्रदान गरे ।
उक्त कार्यक्रममा विभिन्न सञ्चार संस्थामा आबद्ध पत्रकारहरू, अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गा प्रसाद आचार्य, सहायक निर्देशक वरदान बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
Visited 1 times, 1 visit(s) today


