पोखरामा टाटाको कार मेला शुरु |
काठमाडौं । सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको कार मेला यहि जेष्ठ ४ र ५ गते पोखरामा गर्ने भएको छ । टाटाको अधिकारीक सिप्रदी ट्रेडिङ्गले र सिप्रदी ट्रेडिङ्गको आधिकारीक विक्रेता दिप मोटर्स प्रालिको सहकार्यमा उक्त कार मेला हुन लागेको हो ।
बिहान ११ बेज देखि साँझ ७ बजे सम्म सञ्चालन हुने कार मेला सिप्रदी ट्रेडिङ्गको कार्यालय बुद्ध चोक पोखरामा आयोजना हुने आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्ने आयोजकले बताएको छ । मेलामा टाटा मोटस्र्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् ।
यस मेलामा ग्राहकहरुले ''On the spot Financing'' का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ । पर्यटकीय तथा रमणीय शहर पोखरामा दोस्रो संस्करण रहेकोछ । यो मेला २ दिनसम्म चल्नेछ ।



