काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले मनसुन सर्भिस क्याम्प संचालन गर्न लागेको छ । “मनसुन सर्भिस क्याम्प” यहि २०७६ आषाढ १८ देखि २० गते सम्म संचालन गरिने छ ।
काठमाडौं । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा काठमाडौंको कोटेश्वर–कलंकी सडकमा बिरुवा रोपिएको छ । उक्त क्षेत्रमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको सवारी पार्किङको शुल्क तोकेको छ । महानगरले दुई पांग्रे सवारी साधनको प्रति घण्टा २५ रुपैयाँ र चार पाँग्रे सवारी साधनको घणटाकै ८० रुपैयाँ तोकेको छ ।
काठमाडौं । साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा थप २० बस ल्याउने भएको छ । यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए ।
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङ प्रालिले टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा ल्याएको छ । रेभोट्रोन १।२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू आकर्षक, झन्झटरहित रहेको कम्पनीको दाबी छ ।
काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र सिप्रदीको आधिकारीक बिक्रेता ग्लोबल अटो ट्रेडर्सको सहकार्यमा सुन्दर नगरी इटहरीमा यही असार ५, ६ र ७ गते कार मेलाको आयोजना हुने भएको छ ।
काठमाडौं । देशभित्रको ढुवानी सहज हुने भएको छ । राजस्व अनुसन्धान विभागले चेकपोष्ट हटाएर अनलाइन ट्रयाकिङ सिस्टम ल्याएसँगै भौतिक पोष्ट हट्ने भएका हुन् । विभागले असार १ देखि परीक्षणाका रुपमा लागू गरेको भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम साउन १ गतेदेखि अनिवार्य रुपमा लागू हुने छ ।