सूचना-प्रविधि
राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६∕७७ का लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य |
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६∕७७ मा सघाउने भएको छ । यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।



