काठमाडौं । स्मार्टफोन जगतकै सर्वाधिक सफल ब्राण्डको रुपमा लिइने वानप्लस नेपाली बजारमा रिलञ्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाइभजी र वानप्लस नोर्ड एनटेन फाइभजी समेत नेपाली बजारमा आउने भएको हो ।