नेपाल टेलिकमले डोटीमा बाँड्यो निːशुल्क फोरजी सिमकार्ड, द्रुतगतिको इन्टरनेट चल्ने |
काठमाडौं । नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निːशुल्करूपमा अति द्रुतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेकोे हो ।
