काठमाडौं । अवैध रुपमा मोवाइल फोन नेपाल भित्रने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल मोवाइल वितरक संघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवाला व्यवसायीहरुले मोवाइलको अवैध आयात बढेको र यसले व्यवसायी र राज्य दुबैलाई घाटा रहेको बताएका हुन् ।