फुडमान्डुमा साइबर हमला, ग्राहकको व्यक्तिगत विवरण चोरियो |
काठमाडौं । अनलाइनमार्फत फुड डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । शनिबार राती भएको ह्याकबाट ह्याकरले ग्राहकहरुको व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ ।
