स्वास्थ्यकर्मीलाई नेपाल टेलिकमको निःशुल्क कल सुविधा |
काठमाडौं । कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको छ ।
