दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि विक्री गरेको साधारण शेयर (आईपीओ) को आज शेयर बाँडफाँड गर्दै छ ।
काठमाडौं । मिशन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने घोषणा गरेको हो ।
काठमाडौं । छिट्टै पूर्ण अनलाइन प्रणालीलाई औपचारिकरुपमा कार्यान्वयनमा ल्याउने भन्दै नेपाल स्टक एक्चेन्ज (नेप्से) ले मक ट्रेडिङ स्थगित भएको जानकारी दिएको छ ।
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले सोमबार (कात्तिक १२ गते) विशेष साधारण सभा गर्ने भएको छ । विशेष साधारण सभा दियालो फुडल्याण्ड मिलनचोक, बुटवलमा दिउँसो १ बजे शुरु हुनेछ ।
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको हिजो बिहीवार राजधानीमा सम्पन्न सातौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री नभएको हकप्रद शेयर लिलाममा विक्री गर्दै छ । कम्पनीले २ लाख ७८ हजार १ सय १९ कित्ता हकप्रद शेयर लिलाममा विक्री गर्न लागेको हो ।
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक १३ गते बुक क्लोज गर्दै छ ।