शेयर बजार
शिवम् सिमेन्टको आईपीओमा साढे ६५ करोडभन्दा बढीको आवेदन पर्यो |
काठमाडौं । आजसम्म शिवम् सिमेन्ट लिमिटेडको आईपीओमा साढे ६५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार दिउँँसो साढे २ बजेसम्म २१ हजार ४३४ आवेदनबाट ६५ करोड ५८ लाख २१ हजार रुपैयाँ बराबरको २१ लाख ८६ हजार ७० कित्ता शेयर माग भएको हो
आर्थिक समृद्धि लघुवित्त २८ लाख रुपैयाँ नोक्सानमा |
काठमाडौं । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा २८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । ३ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा ६५ लाख रुपैयाँ नेगेटिभमा राखिएको छ । जसले निक्षेपमा ३ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १४ करोड ६१ लाख रुपैयाँ लगान




