काठमाडौं । सिभिल बैंक लिमिटेडले वैशाख २७ गते सातौ र आठौ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले शेयरधनीहरुलाई अमृतभोग, कालिका स्थान डिल्लीबजारमा बोलाएको छ । बैंकले आव २०७३∕ ७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ ।