काठमाडौं । लक्ष्मी बैंकले पनि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० बर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले यो ऋणपत्रमा १० प्रतिशत ब्याज दिने छ । ऋणपत्र निष्काशनका लागि बैंकले विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने नगद लाभांश शेयरधनीहरुकै बैंक खातामा वितरण गर्न थालेको छ । बैंकले साधारण सभाका लागि बुकक्लोज गरेको मिति (फागुन १५ गते) सम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको बैंक खातामै लाभांश पठाउन थालेको हो ।
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले बैशाख ८ गते आइतबारदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन साधारण शेयर (आईपीओ) विक्री खुला गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको कम्पनीले जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२.५० प्रतिशत बराबरको पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो ।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले यहि बैशाख १६ गते सोमबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । धनकुटामा केन्द्रीय कार्यालय रहेको कम्पनीले आईपीओ जारी गर्न आइतबार आह्वानपत्र प्रकाशन गरेको हो ।
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै ७ गुणा बढी आवेदन परेको एसबीआई क्यापिटलले जानकारी दिएको छ । आइतबारदेखि सर्वसाधारणका लागि १ लाख ५१ हजार २ सय कित्ता आईपीओको विक्री खुला गरेको थियो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मध्यस्थतामा सम्पुर्ण ब्रोकरहरु नेपाल क्लियरीङ हाउसको राफसाफ प्रणालीमा जोडिएका छन् । अनलाइन प्रणालीबाट शेयर कारोबारका लागि ५० वटै ब्रोकर कार्यालय नेपाल क्लियरिङ हाउससँग जोडिएको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए ।
काठमाडौं । साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्न लागेका छन् । यी आयोजना पनि जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सामेल भएका छन् ।