काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैतसम्ममा २३ करोड १० लाख खुँद नाफा कमाएको छ । यो होटलले कर पछिको खुँद नाफ अघिल्लो वर्षको सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ थियो ।
काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक बर्षको नौ महिनामा एक अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत बर्षको भन्दा १३.०९ प्रतिशतले नाफा बढाएको हो । गत वर्ष कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो ।
काठमाडौं । नेपाल टेलिकमको भ्वाइस सेवा मार्फतको आम्दानी घट्दा समग्र नाफामै प्रभाव पारेको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा यस वर्ष १५ प्रतिशतले नाफा घटेको हो । सामाजिक सञ्जालको प्रयोगले भ्वाइस सेवा मार्फतको आम्दानी घटेको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले फेरि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । बैंकले एक हजार रुपैयाँ अंकित दरका ४४ लाख कित्ता ऋणपत्र जारी गर्ने छ ।
काठमाडौं । जनता बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब २ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ६० दशमलव ५६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ६३ करोड ७५ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । एनआईसी एशिया बैंकले दुई अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको तुलानामा १९ प्रतिशतले खुद व्याज आम्दानी बढाएर नाफा बढाउन सफल भएको हो ।
काठमाडौं । प्राइम बैंकले जेठ २६ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभामा यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाने भएको छ ।
काठमाडौं । नेपाल बंगलादेश बैंकले जेठ १० गतेदेखि सर्वसाधारणको लागि ८० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ को लागि सार्वजनिक आह्वान गरेको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५४ दशमलव ६५ प्रतिशतले बढि हो । गत आवको सोहिअवधिमा नाफा ७३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।