प्राइम लाइफको मुनाफा ९ करोड ५ लाख |
काठमाडौं । निजि क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफामा ९ करोड ५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २१ दशमलव ४१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले नाफा ११ करोड ५१ लाख रुपैयाँ कमाएको थियो ।
