काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबार देखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले विक्रि बन्द गरिएको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।
काठमाडौं । शनिबार आगामी आर्थिक वर्ष २०७८∕७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिए ।