काठमाडौं । नागरिक लगानीकोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एक खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म रु एक खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ । कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको छ ।
काठमाडौं । असार १८ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स (ल्क्ष्ी) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (असार १७ गते) अन्तिम दिन हो। इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात असार १८ गते बुकक्लोज गर्दैछ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेसँगै नेप्से पनि बढ्न पुगेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयदेखि कमोडिटी मार्केट सञ्चालन सम्बन्धी परेको गाँठो फुकाएको छ। बोर्डले कमोडिटी एक्सचेन्ज संचालनकोलागि असार १५ गते देखि निर्देशिका लागु हुने गरी नयाँ निर्देशिका जारी गर्दै गाँठो फुकाएको हो।
कठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।