काठमाडौं । आज २ वाणिज्य बैंक सहित ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र एनएमबि बैंक, नेपाल एसबिआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तको लाभांश प्राप्त गर्नेछन् ।
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले पुस २८ गते, कुपण्डोल ब्याङ्क्वेट, कुपण्डोल, ललितपुरमा चौथो, पाँचौं तथा छैठौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे भर्चुअलमाध्यमबाट जुम एप मार्फत सञ्चालन गरिनेछ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुस २५ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) र साना किसान लघुवित्तको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो ।
काठमाडौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.९३ अंकले घटेर दुई हजार तीन सय ५८ दशमलब ८१ विन्दुमा झरेको हो ।