काठमाडौं । पुँजी बजार बल्ल सकारात्मक गतिमा देखिएको छ । निरन्तर घट्दोक्रममा रहेको नेप्सेले आइतबार आकर्षक छलाङ मारेको छ । सूचकका साथमा कारोबार रकम (टर्नओभर) मा वृद्धि भएको छ । यस दिन नेप्से सूचक ९५.४६ अंकले बढेर २४२०.९१ विन्दुमा आइपुगेको छ । २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।