काठमाडौं । असार २८ गते, मंगलबार, हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। यस दिन कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार दोहोरो अंकको सुधार भएको छ । सोमबार उच्च अंकको गिरावट भएको नेप्सेमा आज नेप्से ११.४७ अंकले बढेर एक हजार ९ सय २७ दशमलब २८ विन्दुमा पुगेको हो ।
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सो आईपीओ अब साउन १० गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार (असार २६ गते) बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईको लागि आवेदन दिने म्याद थप गरेको छ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ आज असार २४ गते शुक्रबार कार्यालय समयदेखि बिक्री खुला भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।