माया खोला हाइड्रोपावरको आईपीओमा ८ लाखको आवेदन, ९३ करोडको शेयर माग |
काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडले माघ १३ गते शुक्रबारदेखि निष्काशनमा ल्याएको शेयरमा माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार आइतबार ४ः०३ बजेसम्ममा साढे ४ गुणा बढी आवेदन परेको हो ।

